बाहिरी जिल्लामा कोरोना संक्रमित दर घट्दा उपत्यकामा बढ्योः आज मात्रै २३ जना थपिए
काठमाडौं । पछिल्लो केही समययता अन्य जिल्लामा संक्रमण दर घट्दो छ भने उपत्यकामा बढीरहेको छ । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड १९० संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २३ संक्रमित थपिएका छन् ।
कामाडौंमा १६ र ललितपुरका ७ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् । मंगलबार मात्रै उपत्यकामा २८ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार भने उपत्यकाका ५८ जनामा संक्रमण पुष्टि भएको थियो । दुई दिनको तुलनामा आज कम संक्रमित थपिएका छन् ।
बुधबार २५५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितकाे संख्या १६ हजार ४२३ पुगेकाे छ । संक्रमितमध्ये ७ हजार ७५२ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५३ जना डिस्चार्ज भएका छन् । ८ हजार ६३६ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २५ हजार ४० जना रहेका छन् ।