प्रधानमन्त्री ओलीको समर्थनमा आजपनि प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज (बुधबार) पनि काठमाडौंमा प्रदर्शन भएको छ । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री पद दुवैबाट राजीनामाको माग भइरहँदा प्रम ओलीको समर्थनमा युवाहरुले सडक तताएका छन् ।

बुधबार प्रदर्शनमा उत्रिएकाहरूले ‘भारतीय दलाल हाेशियार !, प्रधानमन्त्रीकाे राजीनामा कसका लागि ?, हामी केही जान्दैनाैँ वैदेशिक चलखेल मान्दैनाैँ, आई एम विथ केपी ओली, फेर्नु छ देशकाे मुहार हाम्राे भविष्य हाम्राे सरकार’ लगायत लेखिएका प्ले कार्ड बाेकी नाराबाजी गरेका थिए ।

यसअघि पनि राजधानी लगायत विभिन्न जिल्लामा प्रम ओलीकाे समर्थनमा प्रदर्शन भएकाे थियाे । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउन खोजेको भन्दै नेता कार्यकर्ताहरुले एकजुट हुन दबाब दिइरहेका छन् ।

लगातारको वार्ताबाट पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आज पनि  दुई अध्यक्षबीच वार्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *