नेकपा विवादको फाइदा उठाउँदै भारतीय मिडियाः ओलीमाथि लगाए यस्तो घिनलाग्दो आरोप !

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा भागबण्डाको विषयमा कुरा नमिलेको अवस्थामा किचलो बढ्दा ‘भाइ फुटे गवार लुटे’ झैँ भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्रको आन्तरिक विवादको फाइदा अहिले भारतीय मिडियाले उठाइरहेका छन् ।

यता कोभिड १९ मा सरकारले गरेको लापरवाहीविरुद्ध नाराबाजी हुँदा उता भारतीय मिडियाले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर बनाएको नयाँ नक्साको विरोधमा प्रदर्शन भएको भन्दै भारतवासीलाई भ्रम छरे । चीनको उक्साहटमा  नयाँ नक्सा निकालेर नेपालले भारतसँग विवाद झिकेको समेत आरोप लगाउन भ्याए ।

त्यतिसम्म त ठिकै छ, तर आज एक भारतीय मिडियाले चिनियाँ राजदुत र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धलाई गलत रुपमा अर्थ्याएकाे छ । प्रम ओली र राजदूत होउ यान्छीमाथि निकै घिनलाग्दो आरोप लगाइएकाे छ ।

जी बिहार झारखण्ड नामक भारतीय मिडियाले प्रधानमन्त्री ओली र होउ यान्छीबीच प्रेम सम्बन्ध रहेको भन्दै छिमेकी–छिमेकीबीचको घनिष्ठ कुटनीतिक सम्बन्धलाई घटिया लान्छना लगाएकाे हाे । उसले भनेको छ, ‘यान्छीलाई देखेर ओलीको मन ओले–ओले गर्न सुरू भयो । हरेक फैसलाअघि उनले यान्छीसँग सल्लाह लिन थालेका छन् । यान्छी जे बोल्छिन् ओली त्यही गर्न थालेका छन् । ओली चीनको शिकार भएका छन् ।’

मिडियाले थप भनेको छ– ‘यान्छीको नजरको तीरले ओलीलाई घायल बनायो । वास्तवमा यो एक ठुलो षडयन्त्र थियो । ओलीले बुझेनन् । अहिले प्रचण्डसँग दुश्मनी बढ्दा ओली घर न घाटको भएका छन् । यान्छीसँगको सम्बन्धका कारण ओलीले वर्षौ पुरानो सम्बन्ध पनि बेचिदिए र अहिले भारत र नेपालबीचको सम्बन्ध बिग्रन थालेकाे छ ।’

उक्त मिडियाले ओली र यान्छीको फेक कुराकानी समेत प्रस्तुत गरेको छ । जसमा ओली र यान्छीबीच माया-प्रेम र नेपालकाे नयाँ नक्सामा समेटिएका भू-भागका बारेमा कुराकानी भएकाे देखाइएकाे छ । यसबाट प्रष्ट हुन्छ कि भारतीय मिडियाकाे कन्टेन्ट कुन स्तरकाे छ, कतिसम्म निच र घटिया छ !

हेर्नुहाेस् भिडियाेः

https://www.facebook.com/ZeeBiharJharkhand/videos/2527619327502189/?t=113

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *