बाह्रबिसे बाढीः उद्धार कार्य चुस्त बनाउन सभामुख लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

काठमाडौं । रातभरको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ । भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका २ जनाको शव भेटिएको छ भने १४ जना अझै बेपत्ता छन् ।

त्यहाँको २० घर बगाएको छ । बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ ।

मौसम अनुकूल नहुँदा धुलिखेलको आकाशबाटै उनको टोली फर्कनु परेको हो । अहिले त्रिभुवन विमानस्थलमा रहेको र मौसम खुल्नासाथ त्यसतर्फ प्रस्थान गर्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *