प्रभाकरले भने- ‘पार्टीको किचलो भुलौं, महाविपत्तिका बेला नयाँ सिराबाट काम थालौं’

काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताएका छन् । पार्टीभित्रको विवाद बढ्दै गएका बेला नेता शर्माले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेको हुन् ।

पार्टीमा देखिएको अन्तरविरोधलाई साम्य पार्न सक्रिय नेता शर्माले स्थायी कमिटि बैठक बस्नुअघि पार्टी भित्रको किचलो भुलेर अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थाल्नुपर्नेमा जोड दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसंगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयां सिराबाट काम थालौं ।’

पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच मतभेत बढेपछि शर्मासहित विवाद समाधानको लागी बैठक बसेको थियो । उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने धारणा राख्दै आएका छन् । यसअघि दुवै नेताबीच भएका एक्ला एक्लै वार्तामा समेत सहमति हुन नसकेपछि आज स्थायी कमिटी वैठक वस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *