राजस्व चुहावट गर्ने दुई फर्मविरुद्ध ६ करोडकाे मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई फर्महरुविरुद्ध ६ करोड ६९ लाख विगो कायम गउच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरेको अभियोगमा विभागले श्याम ग्लास इण्डष्ट्रिज (स्था.ले.नं.३०३९६७९१९) र महाशक्ति गुट्खा उद्योग (स्था.ले. नं ३०५४३३५६७) विरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले राजस्व चुहावट गरेको अभियोगमा श्याम ग्लास इण्डष्ट्रिजविरुद्ध ६ करोड ६ लाख २५ हजार २८२ रुपैयाँ विगो कायम गरी कैद सजाय समेत माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।
उक्त कम्पनीले सरकारलाई बुझाउनुपर्ने राजस्व नतिर्ने एवम् कम तिर्ने उद्देश्य राखि उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी ६ करोड ६ लाख २५ हजार २८२ राजस्व छलि गरेको अनुसन्धानमा खुल्न आएको विभागले जनाएको छ । कम्पनीविरुद्ध सोही बमोजिमको विगो रकम कायम गरिएको हो ।
त्यसैगरी राजस्व चुहावट गरेको अभियोगमा महाशक्ति गुट्खा उद्योगविरुद्ध ६३ लाख ८ हजार ७०६ रुपैयाँ विगो कायम गरी मुद्दा दायर भएको छ । राजस्व चुहावट छलि गरी राजस्व छलि गरेको पुष्टि भएपछि विभागले कारवाही प्रक्रिया अघि बढाएकाे हाे ।