तनहुँमा बस्तीमा पस्यो सेती नदी, ४२ घर डुबानमा
मकालु खबर
२०७७ असार २६ गते
काठमाडौं । तनहुँको दुई वटा बस्तीमा सेती नदी पस्दा त्यस क्षेत्रका घर–परिवार विस्थापित भएका छन् । सेती नदी पस्दा शुक्लागण्डकी नगरपालिकाको वडा ४ का २८ घर र वडा ८ का १४ घर डुबानमा परेका छन् ।
दिउँसो नै नदी पसेका कारण जनधनको क्षति भने भएको छैन । अहिले विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । हिमाली सामुदायिक भवनमा रहेका उनीहरुलाई वडाकै समन्वयमा बिहानको खाना खुवाएको थियो ।
बेलुकीको खानाको पनि व्यवस्था गर्ने वडाले जनाएको छ ।
मकालु खबर
२०७७ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित