भारतीय च्यानल बन्द गरिएकोबारे डाक्टरले दिए आपत्तिजनक अभिव्यक्ति, सोधपुछ गर्दै प्रहरी

काठमाडौं । नेपालमा भारतीय च्यानल बन्द गरिएपछि एक डाक्टरले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

चितवनको भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडिओ रेकर्ड गराएका सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

भिडिओमा डाक्टरले अश्लील शब्दहरु प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए खान्छौ नेपाली, तिमीहरुलाई चीनले दिन्छ कि जापानले दिन्छ ?, लगायतका आपत्तिजनक शब्दहरु बोलेको थिए ।

आपत्तिजनक अभिव्यक्ति दिएका डाक्टर तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । “उहाँलाई हामीले बोलाएका छौं । उहाँ आइसक्नुभएको छ । हामीलाई पनि सामाजिक सञ्जालबाटै भिडिओ प्राप्त भएको हो ।” जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य थापाले मकालु खबरलाई भने, ‘सोधपुछ हुँदै छ । उहाँसँग हामीले के भएको हो भनेर सामान्य सोधपुछ गर्दैछौं ।’

अस्पतालका अनुसार डा. तिवारी गत १ असारबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *