प्रचण्डले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार (आज) नारायणी र राप्ती नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

मेघौली क्षेत्रमा नारायणी नदीको कटान क्षेत्रको निरीक्षण गरेका उनी शनिबार नै माडीको प्रभावित क्षेत्रमा जाँदैछन् । मेघौलीमा निरीक्षणका क्रममा अध्यक्ष प्रचण्डले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाइ एक वर्षभित्र सुरक्षित बनाउने गरी काम अगाडि बढेको बताए ।

उनले आज प्रधानमन्त्रीसँगको छलफलको समयतालिका भए पनि आफ्नो क्षेत्रमा प्रभावित ठाउँको निरीक्षणका लागि आएको बताए ।

प्रचण्डकै क्षेत्र माडीमा बाढीका कारण एक जनाको ज्यान गइसकेको छ । यस्तै लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *