कम्युनिष्टको राष्ट्रियता र समाजवाद कागजी बाघ : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता र समाजवाद कागजी बाघमात्र भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशका काँग्रेस नेता–कार्यकर्ताहरूसँगको ‘भर्चुअल’छलफलमा बोल्दै नेता पौडेलले राष्ट्रियताको मुद्दालाई कम्युनिष्टहरुले कागजी बाघमात्र बनाएको टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रियतालाई कागजी बाघ बनाएकै कारण प्रधानमन्त्री ओलीले नेपाली भूमि फिर्ता गर्न नसक्ने दाबीसमेत गरे । उनले वार्ता गर्ने बेलामा गाली गलौज गरेर सरकारले भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाए। उनले कम्युनिष्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरेको टिप्पणी गरे ।

यस्तै उनले कम्युनिष्ट सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको बताउँदै कम्युनिस्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेलबाहेक काम गर्ने ढङ्ग नभएकोसमेत आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *