यी नदीहरुमा बहाव बढ्ने भएपछि ‘नेपाल फ्ल्यूड् एलर्ट’ले गरायो सचेत [एलर्टसहित]
काठमाडौं । आइतबार (आज) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको ‘सतह सतर्कता’ आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै आजै कन्काई नदीमा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश १, २ र ५ का चुरे/तराईबाट बहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ ।
असार २८
आज #कोशी,कमला,बागमती र नारायणीमा बहाव #सतर्कता आसपास हुने#कन्काईमा #खतरा पुग्न सक्ने
प्रदेश १,२र५को चुरे र तराईबाट बहने साना नदीमा #आकस्मिक बाढी हुने #उच्च संभावना#तराईको डुबान भईरहने होचा स्थानमा सतर्क रहौ
चित्रःकोशीको बाढी र २४ घण्टाको बर्षा पुर्वानुमान @NDRRMA_Nepal pic.twitter.com/P3caam19R1— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2020