कुमारी बैंक र देवःविकास बैंकद्वारा एकीकृत कारोबार शुभारम्भ
काठमाडौं । कुमारी विकास बैंक र देवः विकास बैंकले एकीकृत कारोबार सुभारम्भ गरेका छन् । कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ती गरी आज (आइतबार) देखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको हो ।
आज आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबराणा तथा साविकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबार सुभारम्भपश्चात कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ पुगेका छन् । कूल निक्षेप रु १२४ अर्ब, कूलकर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजीरु १२.५२ अर्ब पुगेको छ ।
पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखा/एटिएम विस्तारित तथा बैंकिङ्ग सेवा सुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुँदै जानेमा बैंकले प्रतिबद्ध रहेको जनाएको छ ।