विश्वको पहिलो कोरोना भाइरसविरुद्ध खोपको सफल परीक्षण

काठमाडौँ । रुसको सेचेनोभ युनिभर्सिटीमा कोरोना भाइरस (कोभिड –१९) विरुद्ध खोपको सफल परीक्षण भएको बताइएको छ । सेचेनोभ युनिभर्सिटीले विश्वको पहिलो कोरोना भाइरसविरुद्ध खोपको सफल परीक्षण सम्पन्न गरेको इन्स्टिच्युट अफ ट्रान्सलेसन मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले दाबी गरे ।

उक्त खोपको क्लिनिकल परीक्षण स्वयंसेवकहरूमा गरिएको थियो । परीक्षणमा सहभागी स्वयंसेवकहरूको पहिलो समूहलाई बुधवार डिस्चार्ज गरिनेछ भने दोस्रो समूह जुलाई २० मा डिस्चार्ज हुनेछन् ।

उक्त खोपको जुन १८ देखि क्लिनिकल परीक्षण सुरु गरिएको थियाे  । उक्त खोपको निर्माण रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले निर्माण गरेको हो ।

सेचेनोभ युनिभर्सिटीका एक वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकासेभका अनुसार यो चरणको परीक्षण खोप सुरक्षित रहेको पुष्टि गर्न गरिएको उक्त परीक्षण सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले भने, ‘खोप सुरक्षित रहेको पुष्टि भएको छ, अहिले बजारमा रहेका अन्य खोपमा जस्तै सुरक्षाको प्रत्याभूति यसमा छ।’ एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *