नारायणीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
चितवन । नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । नारायणी नदीको देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणी नदीको जल सतहले सर्तकता तह पार गरेको छ ।
देवघाटस्थित मापन केन्द्रमा नारायणीको जलसतह ७.५६ मिटर देखिएको छ । उक्त स्थानमा ७ं.३ मिटरमा सर्तकता तह मानिन्छ भने ८ मिटरलाई खतराको तह मानिन्छ । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले चितवन तथा नवलपरासीको नारायणी नदीको तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभाग र स्थानिय प्रशासनले आग्रह गरेको छ।
त्यस्तै सुरक्षा सावधानी अपनाउन मोबाइलमा म्यासेज समेत पठाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नारायणीमा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । नदिमा पानीको सतह बढ्दा यसको असर भरतपुर महानगरपालिका १६,२७ र २८ मा पर्ने भएकाले सतर्क रहन उनले आग्रह गरेका हुन् ।