रुकुम घटना : ‘नियोजित रुपमा घटाइएको सामूहिक घटना’ भएको संसदीय समितिको निष्कर्ष

काठमाडौं । रुकुम सोतीको घटना नियोजित रुपमा गरिएका घटना भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको चौरजहाजरी घटना नियोजित भएको समितिले निष्कर्ष निकालेको हो । यस्तै समितिले प्रशासनको अनुसन्धानसमेत फितलो भएको निष्कर्ष निकालेको छ ।

त्यहाँका वडाध्यक्षसमेत जोडिएको घटनाको अनुसन्धानमा यस्तो फितलो हुनु नहुने समेत समितिले बताएको छ । अन्तरजातीय बिहेको विवाद हुँदा गत १० जेष्ठमा रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका र त्यहीँबीचमा झगडा हुँदा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।

उक्त घटनाको छानविनका लागि गत २६ जेष्ठको प्रतिनिधि सभा बैठकले देवेन्द्र पौडेल नेतृत्वमा ९ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो, सोही समितिले मंगलबार (आज) अपराह्न सभामुख अग्नी प्रसाद सापकोटालाई छानविनको प्रतिवेदन बुझाउँदै छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *