कोरिया पठाइदेऊ भन्दै काठमाडौंमा युवाहरुको प्रदर्शन
काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पुरा गरेर अन्तिम उडानको पर्खाइमा रहेका युवाहरुले आज (मंगलबार) पनि काठमाडौंकाे माइतीघर मणडलामा प्रदर्शन गरेका छन् । कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिमको अवस्थामा हवाई उडान बन्द हुँदा कोरिया जान नपाएका युवाहरुले कोरिया जान दिन सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘सधैँ गरिबकाे छाेराछाेरी बेराेजगार भइ भाेकै मर्नुपर्ने आखिर कहिलेसम्म, सक्छौ रोजगारी देऊ सक्दैनौ कोरिया पठाइदेऊ, बाउकाे हाेइन हजुर साहुकाे काम गर्न जान लागेकाे कति दिन कुर्ला र ?, हाम्राे प्रक्रिया राजनैतिक हाेइन झुठा आश्वासनले कति दिन चल्ने ?, सरकार पसिना बेच्न जान्छाैँ भनेका हाैँ पहिचान बेच्न हाेइन’ लगायत लेखिएकाे प्लेकार्ड बाेकी नारा समेत लगाएका थिए ।
श्रमिकहरुलाई दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्नुपर्ने उनीहरूकाे माग छ । यसअघि असार २४ गते पनि उनीहरूले प्रदर्शन गरेका थिए । काेराेना संक्रमण फैलने डरले लकडाउन अघि नै सरकारले हवाइ उडान बन्द गरेकाे थियाे । अलपत्र परेकाहरुको उद्धार गरिएपनि वैदेशिक राेजगारीमा जाने अवस्था भने सिर्जना हुन सकेकाे छैन ।