विवादमा प्रधानमन्त्रीको ‘अयोध्या’ अभिव्यक्तिः नारायणकाजी र भीम रावलको यस्तो जवाफ

काठमाडौं । सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राम नेपालकै हुन्, अयोध्या नेपालमै छ’ भन्ने अभिव्यक्तिपछि अहिले उनको आलोचना भइरहेको छ ।

विना प्रमाण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ नेकपाभित्रैका अधिकांश नेताहरुले पनि उनको आलोचना गरिरहेका छन् । सोही विषयमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत विना तथ्य नहेरी क्षणिक स्वार्थमा आधारित भएर प्रचार गर्ने बानी त्याग्न आग्रह गरेका छन् । विवेकी र देशभक्त बन्न पनि उनले सुझाव दिएका छन् ।

श्रेष्ठले ओलीतिर संकेत गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपालका राजनीतिक पार्टी,नेता र नेपालीहरुको अपमान र अवमुल्यन नगरौं।आलोचनात्मक चेत बिना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं । यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन । नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौ ? देशभक्त र विवेकी बनौं।’

त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले पनि प्रम ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् । कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने होरुविषयान्तर किनरु देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *