दीपाश्रीलाई क्षमा दिन राजेश हमालले फ्यानलाई गरे यस्तो आग्रह [भिडियोसहित]
काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।
उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका हुन् ।
‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।’
https://www.facebook.com/rajesh.hamal.5872682/videos/2678942862320554/