अब कर तिर्न कर कार्यालय जानु नपर्ने
मकालु खबर
२०७७ साउन १ गते
काठमाडौं । अब कर तिर्न कर कार्यालय जान नपर्ने भएको छ । सरकारले बैंकबाट पनि कर तिर्न सक्ने सेवा सुरु गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार देखि सेवाको सुरुवात गरेका हुन् । अर्थमन्त्रीले २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने व्यवस्थाको शुभारम्भ गरेका हुन् ।
करदाताले बैंकमा भौचरसँगैे आफ्नो आय विवरण पेश गरेर पैसा तिर्न सक्नेछन् । वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले बैंकबाट आय विवरण र कर रकम बुझाउने तथा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने छन ।
मकालु खबर
२०७७ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित