कोरोना संक्रमणबाट ज्यान गुमाएका सप्तरीका वृद्धका परिवारै संक्रमित
मकालु खबर
२०७७ साउन ४ गते
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका एक ७३ वर्षीय वृद्धको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–६ निवासी ७३ वर्षीय वृद्धको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको मृत्युपछि परिवारको पनि पीसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट पोजेटिभ आएको हो । मृतककी श्रीमती, छाेरा-बुहारी र २ नातिनीमा काेराेना संक्रमण पुष्टि भएकाे नगर प्रमुख शम्भु प्रसाद यादवले मकालु खबरलाई जानकारी दिए ।
असार ३१ गते बेलुकी खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि वीपी प्रतिष्ठानमा इमरजेन्सीमा भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । उनको साउन १ गते मृत्यु भएको हो । उनी मधुमेह तथा मुटु रोगीका बिरामी थिए ।
मकालु खबर
२०७७ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित