नबिल डिबेन्चर २०८२ ऋणपत्र सूचीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र नबिल बैंक लिमिटेड बीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ ।

आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको २० लाख थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको संस्थागत संचार विभागका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

उनका अनुसार ऋणपत्र सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *