मंगलबार मध्य रातिबाट लकडाउन अन्त्य, निजी सवारीको जोर विजोर हट्यो

काठमाडौँ । सरकारले मङ्गलवार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्। सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

यस्तै, निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली पनि हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । उक्त निर्णय आज सार्वजनिक भएको हो ।

सार्वजनिक यातायात सञ्चालन सुरु भइसकेकाले निजी सवारीको जोर विजोर हटाइएको प्रवक्ता डा. खतिवडाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *