सिलिचोङको पहिरोमा बेपत्ता ११ जना अझै भेटिएनन्, सदरमुकाम फर्किए सुरक्षाकर्मी

संखुवासभा । गत असार २७ गते राती संखुवासभाको सिलिचोङ गाँउपालिका-१ बेसिन्दा गाउँबासीले अपत्यारीलो शोक बेहोर्नु पर्छ भन्ने सोँचेका पनि थिएनन् ।

मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बेसिन्दाका ९ घर एकै पहिरोले बगायो । पहिरोसँगै घर, परिवार उजाडिए । गाँउ शोकमा डुब्यो । पहिरोमा परी वेपत्ता भएका ११ जना अझैसम्म फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा पहिरो घटना बारे २८ गते बिहान ५ बजे मात्रै घटनाको जानकारी पाएको संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सन्तोष कुमार राईले बताए । घटना थाहा पाए लगत्तै २८ गते बिहान प्रहरी निरिक्षक सन्तोष कुमार राईको नेतृत्वमा सदरमुकाम खाँदबारीबाट पैदल हिँडेका प्रहरी टोली त्यहि दिन घटनास्थल पुग्न नसकेको राईले बताए ।  ‘वर्षादको समय । पहाडको भिरालो बाटो । अविरल वर्षाका कारण ठाँउठाँउका बाटोहरु भत्किएको थियो,’ उनले आफ्नो सुनाउँदै भने– ‘घटनास्थलसम्म पुग्न धेरै नै सकस भयो ।’

सदरमुकामबाट हिँडेका राईको टोली हिँडरे २ दिनमा शिलिचोङ- २ कम्फुलासम्म पुगेका थिए । जिल्लाबाट गएका सुरक्षाकर्मीका टोली २९ गते घटनास्थलमा पुग्दा सोहि स्थानका सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेर विस्थापितहरुलाई व्यवस्थापन साथै पहिरोमा परी घाईते भएकाहरुको उद्धारका काम भईरहेको थियो ।

उनीहरु दिनभर पहिरोमा परेका विस्थापितहरुको उद्धार गरेर साँझ बस्नका लागि डेढ घण्टा टाढा कम्फुला नै फर्केर बस्ने गर्दथिए ।भेटिएनन् वेपत्ता ११ जना, फर्किए सुरक्षाकर्मी 

‘भिरालो भाग । ठुला–ठुला ढुङगा । कहिले मौसम उघ्रिने, कहिले तुवालो लाग्ने मौसम परिवर्तनका कारण पनि घटनास्थल पुग्न सकस परेको थियो,’ प्रवक्ता राईले भने ।

घटनास्थलको भौगोलिक बनावोट हेर्दा माथि भिरालो । तल कालि खोला भएकाले वेपत्ता भएका ११ जना मानिसहरु खोज्न निक्कै नै समस्या भएको उनले बताए । उनका अनुसार हप्ता दिनसम्म सम्भावित स्थानमा खोज्दा पनि सम्भव भएन ।

पहिरोले बगेर कालि खोलासँग जोडिने भएकाले उनीहरुको मृत शरिर खोलामा छ कि भन्ने अनुमान लगाए पनि खोलासम्म पुग्दा आफुहरु नै जोखिममा पर्ने सम्भावना भएकाले खोलासम्म जान नसकेको उनले बताए ।

उनले भने– ‘खोलामा पानीको बहावसँगै भौगालिक कठिनाईका कारण खोलासम्म जाने सम्भावना नै नरहेकाले मेरो कमाण्डमा गएको प्रहरीको टोली १५ जना, नेपाली सेनाको २५ जना र शसस्त्रको १५ जना टोली सदरमुकाम फर्किएका हौं ।’

पुर्नस्थापनाका लागि सोहि ठाँउमा सम्भव छैन
पहिरोमा परि विस्थापित भएकाहरुका लागि पुर्नस्थापनाकालागि सोहि राख्न जोखिम रहेको प्रवक्ता राईले बताए । गाँउ नै चिराचिरा परेकाले त्यहि ठाँउमा स्थापित गर्न समस्या नै छ उनले भने ।

विस्थापितको पुर्नस्थापनाका लागि प्रदेश सरकार, स्थानिय सरकारहरुले प्रयास गरिरहेको उनको भनाई छ । उनको अनुसार तत्कालका लागि चित्रे र बुधबारेमा विस्थापितहरुलाई बस्नका लागि व्यवस्थापन गरिएको छ ।पहिरो जोखिम न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयको भूमिका 

जिल्ला प्रहरी कार्यालयले उद्धार साथै जनचेतनालाई प्राथमिकता दिदैँ आईरहेको छ । जिल्ला प्रहरी कार्यालयमा विपतका लागि तयारी अवस्थामा २५ जनाको टोली रहन्छ ।

अन्य १५१५ जनको टोली कुनै विपत घटना हुँदा तत्काल घटनास्थलमा पुग्नका लागि तयारी अवस्थामा रहने गरेको प्रवक्ता राईले जानकारी दिए । मनसुनको समयमा बाढी, पहिरोको समस्या धेरै हुने भएकाले तत्काल विवत व्यवस्थापनका लागि २४ घण्टा नै टोली तयारी अवस्थामा रहेने गरेको उनको भनाई छ ।

पहिरो विस्थापितका लागि राहत
प्रवक्ता राईका अनुसार तत्कालका लागि तीन जनासम्मको परिवारलाई एक बोरा चामल, नुन तेल लगायतका राहत सामग्री वितरण गरिएको छ । तीन जनाभन्दा बढी परिवार भएकालाई दुई बोरा चामल, नुन, तेल लगायतका राहत सामाग्री वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *