बर्मन बुढा नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा : प्रचण्ड
मकालु खबर
२०७७ साउन ७ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् ।
बुधबार (आज) शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको बताउँदै बुढा ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा’ भएको उल्लेख गरेका छन् ।
‘कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’ उनले भनेका छन् ।
बर्मन बुढाको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।
मकालु खबर
२०७७ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित