अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प, सुनामीको खतरा
मकालु खबर
२०७७ साउन ७ गते
काठमाडौं । संयुक्तराज्य अमेरिकाको अलास्कामा भूकम्प गएको छ । अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २ः१२ बजे ७.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । भूकम्पका कारण जनधनको क्षति भए–नभएकोबारे विवरण आउन बाँकी छ ।
मकालु खबर
२०७७ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित