नवगठित नेकपा एमाले दर्ताका अध्ययन हुँदैछ : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि दिइएको निवेदनमाथि अध्ययन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगमा गत असार १५ गते झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको थियो ।
दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी मिलेर नेकपा गठनपछि अस्तित्वमा नरहेको एमाले दर्ताका लागि आयोगमा निवेदन परेपछि नेकपाभित्र खैलाबैला भएको थियो ।
“पार्टी दर्ताका लागि निवेदन दिएपछि दर्ताका लागि ४५ दिनको समय हुन्छ । उहाँहरुले पेश गर्नुभएको कागजात अहिले कानून शाखामा अध्ययन भइरहेको छ । पार्टीमा म आवद्ध छु भनेर जसले हस्ताक्षर गर्नुभएको छ ।” निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्र. आचार्यले मकालु खबरलाई जानकारी दिए ।
नेपालको संविधानको मर्म पालना गर्दै पार्टीको विधान, झण्डा, घोषणापत्र, छाप लगायतका विवरण आयोगमा बुझाउनुपर्ने हुन्छ ।राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार दल दर्ता हुने गर्छ ।