ब्राजिलका राष्ट्रपतिको दोस्रो रिपोर्ट पनि पोजेटिभ, काेराेनालाई भन्थे ‘सामान्य ज्वरो’
मकालु खबर
२०७७ साउन ८ गते
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको दोस्रो कोरोना भाइरस (कोभिड १९) रिपोर्ट पनि पोजेटिभ आएको छ ।
उनको कार्यालयले बुधबार यसको पुष्टि गरेको हो । दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनी थप दुई हप्ता क्वारेन्टिनमा नै रहने भएका छन् । उनले आफ्ना सबै यात्राहरु पनि स्थगित गरेका छन् ।
७ जुलाईमा भएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात उनी राष्ट्रपति निवासमा सेल्फ आइसोलेसनमा आराम गरिरहेका थिए । बुधबार दोस्रो पटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको हो ।
राष्ट्रपतिले यसअघि कोरोनालाई एक सामान्य ज्वरो भन्दै पूर्णतया यसको बेवास्ता गर्दै आएका थिए । त्यस समय उनको निकै आलोचना भएको थियो । ब्राजिलमा अहिलेसम्म करिब २२ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ८० हजार मानिसको मृत्यु भइसकेको छ ।
मकालु खबर
२०७७ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित