पूर्वनिर्धारित निर्वाचन रोकिएकाेमा ढकाल समूह असन्तुष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन मिति पुनः सारिएकोमा असन्तुष्टि जनाउँदै चन्द्रप्रसाद ढकालले उक्त कार्य विधानविपरित भएको बताएका छन् ।

महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंठकले यही साउन २६ र २७ गतेको लागि तोकिएको निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको थियो । आफ्नो नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरुको सो निर्णयबार प्रतिक्रिया राख्दै ढकालले उक्त निर्णय विधानविपरित भएको बताएका हुन् । ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार हुन् ।

कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गर्नु उचित नभएको उनको भनाइ छ । सो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनी बताउँछन् ।

आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।निर्वाचनकाे ताेकिएकाे मिति सारिएपनि नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *