सनराइज बैंकले घर कर्जा ८.९५ प्रतिशत तथा शेयर धितो कर्जा ९.९५ प्रतिशत ब्याजदरमा प्रदान गर्ने
मकालु खबर
२०७७ साउन ११ गते
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले घर कर्जा अन्तर्गत ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा सेवा ग्राहीलाई घर जग्गा कर्जा दिने व्यवस्था गरेको हो ।
यसै गरी बैंकले शेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
बैंकले कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले यो योजना ल्याएको हो बताएको छ ।
कर्जा लिन चाहने ग्राहकहरुले विना कुनै झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा ग्राहकले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट लिन सक्ने बैंकले जनाएको छ ।
मकालु खबर
२०७७ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित