२.६२ अंकले घट्यो नेप्से, सबैभन्दा बढी किनबेच नेपाल लाइफको
मकालु खबर
२०७७ साउन १२ गते
काठमाडौैं । आज शेयर बजार २.६२ अंकले घटेको छ । साताको पहिलो दिन २२ अंकले बढेको शेयर बजार आज दोश्रो दिन भने ‘करेक्सन’ भएको हो । आज ०.१८ प्रतिशतले घट्दा नेप्से परिसूचक १४६२.४८ अंकमा झरेको छ ।
आज १८७ कम्पनीका ४२ लाख ५७ लाख १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपियाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको १७ करोड ४४ लाख १९ हजार ९ सय ४७ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
मकालु खबर
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित