साना तथा मझौला व्यवसायको लागि सिद्धार्थ बैंकको ९.५ प्रतिशत व्याजमा कर्जा

काठमाडौं । सिद्धार्थ बैंकले ९.५ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायका लागि कर्जा उपलब्ध गराउने भएको छ । सिद्घार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै साना तथा मझौला कर्जामा आकर्षक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले ९.५ प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न क्ने छन् ।

बैंकले कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारा सहित यो योजना ल्याएको हो । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *