प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैँसेपाटी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैँसपाटीस्थित गौतमकै निवास पुगेका छन् ।

मंगलबार नेकपा भित्रको विवाद मिलाउने प्रयासस्वरुप गौतमले ६ बुँदे प्रस्ताव अघि सारेसँगै प्रधानमन्त्री ओली गोतमलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेका हुन् ।

गौतमले  विवाद समाधानका लागि भन्दै दुई अध्यक्षलाई ६ बुँदै प्रस्ताव बुझाएका थिए । जसमा पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउने उल्लेख गरेका थिए ।

आज बोलाइएको स्थायी समिति बैठक ओलीले स्थगित गरेका थिए । प्रचण्ड र माधव नेपालसमूहले बैठकलाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *