व्यवसायीको कथा : अब त ‘नाङलो’ नै स्वणिम सपना बनिसकेको छ

मोरङ । एउटा भनाई छ । ‘जित्नु मात्रै ठूलो कुरा होईन, हारेर पनि जितको तयारी गर्नु ठूलो कुरा हो ।’ यो भनाई विराटनगरका युवा व्यवसायी ईश्वर बाँसकोटाको जीवन कथासँग ठयाक्कै मिल्दो छ ।

विवाह अघिको कुरा हो, खेल र मोडलिङ क्षेत्र अत्यन्त मनपर्ने उनलाई । जब वैवाहिक जीवनमा बाँधिए उनको चाहाना घट्दै गयो । उनले रोजेको दुवै क्षेत्रमा भविष्य देखेनन् ।जब जिम्मेवारीले काँध गह्रैे भयो, आफ्ना ईच्छा आकाङक्षालाई मनमा दबाएर व्यवसाय तिर पाईला अघि सारे उनले । सुरुवाती दिनहरुमा उनले अरुको होस्टेल चलाए । स्कुलका विद्यार्थीहरुलाई मार्सल आर्ट पनि सिकाए ।

तर उनको साथीसँगको लामो समयसम्मको व्यवसायीक सहकार्य र सहयात्रा केहि सानातिना विषयमा भएका मनमुटावले छुटयो अर्थात उनलाई पाटनरशिपको व्यवसाय फापेन ।

अरुको काम गरेर उपलब्धि हाँसिल नहुने सोंचले उनले साथिसँगको सहकार्यमा लामो समय स्कुल सञ्चालन गरे । तर उनको साथीसँगको लामो समयसम्मको व्यवसायीक सहकार्य र सहयात्रा केहि सानातिना विषयमा भएका मनमुटावले छुटयो अर्थात उनलाई पाटनरशिपको व्यवसाय फापेन ।

केहि सपना, चाहाना र अपेक्षा राखेर व्यवसाय थालेका बाँसकोटाले साथीभाईसँगको सहकार्यबाट पाएको असफलताले कति पनि हार नमानि अर्को अप्सन रोजे । उनी प्रतिवद्ध भए, आफै एक्लो लगानीमा केहि गर्छु भन्ने । परिवारप्रतिको जिम्मेवारी र भविष्यलाई चलायमान राख्न उनले एउटा अठोट गरे, फर्निचर सञ्चालन गर्ने ।केहि समयको अन्तरालपछि उनले फर्निचर सञ्चालनमा त ल्याए तर त्यो क्षेत्रमा पनि उनले सोंचे जस्तो उपलब्धि हाँसिल गर्न सकेनन् । धेरै चुनौतिको सामना गर्न परेको थियो । विराटनगर अफैमा व्यापारिक हिसाबले प्रमुख बजार भए पनि उनले फर्निचर व्यवसायमा सफल व्यवसायी बन्न सकेनन । उनलाई व्यवसायमा अर्को धक्का लाग्यो । यति भएर पनि जिन्दगीमा हार खाईन, सायद भगवानले लिनुभएको परिक्षा होला, तर उनी विश्वस्त हुँदै सुनाउँछन्- ‘असफतासँग हार त म मान्दै मान्दिन ।’

जिन्दगीमा हार खाईन, सायद भगवानले लिनुभएको परिक्षा होला, तर उनी विश्वस्त हुँदै सुनाउँछन्- ‘असफतासँग हार त म मान्दै मान्दिन ।’

चुनौतीलाई सधैँ अवसर मान्ने ईश्वरले अर्को व्यवसायीक यात्रा सुरु गरे । एक पटक व्यवसायीक सहकार्यमा धोका वेहोरेका उनले फेरी अर्को पटक साथीलाई विश्वास गरे, अर्थात सहकार्यमा ‘व्यञ्जन फुड ल्याण्ड’ नाम दिएर होटल व्यवसाय सुरु गरे । व्यवसाय यात्रा सुरु गरेको ६ महिना नपुग्दै व्यवसाय डगमगायो । तीन जना मिलेर सञ्चालनमा ल्याएको होटल व्यवसायमा डेढ करोड डुब्यो । ‘जे हुनु छ त्यो भएर छोड्ने रहेछ, टारेर नटर्ने रहेछ,’ विगतलाई सम्झँदै ईश्वर भन्छन् ।

तर मैले गरेको प्रत्येक गल्तिको सजाय मेरी श्रीमतीले भोग्नु परेको थियो, लामो श्वास फेर्दै उनले विगत सुनाए । उनको श्रीमती त्यो समय काखकी छोरी लिएर काठामाडौंमा बस्दै आईरहेकी थिईन ।  श्रीमानको व्यवसायमा पाएको असफलताले उर्मदै गरेको कलिलो मुना छोरीको भविष्यको चिन्ताले मानसिक रोग (डिप्रेसन) को सिकार भएकी थिईन ।

छोरा मान्छे भएर रुनु हुन्न भन्ने सोंचले पनि होला सायद आँखा भित्र आँशु लुकाए मन भित्र पीडा दबाए । श्रीमती, परिवारको अगाडी हाँसेर अप्ठयाराहरु सामना गरे । सायद ‘मेरो आत्मबलले पनि होला मेरी श्रीमतीलाई चाँडो स्वस्थ्य बनाए,’ विगत सम्झदै उनले सुनाए ।

अनि जन्म भयो ‘नाङलो’कोे…
उनी सबैभित्र आफु देख्छन् । ‘तर संसार कहाँ आफु जस्तो हुने रहेछ र ?’ मुस्कुराउदै भन्छन् । जुन व्यवसायमा हात हाल्यो उहि व्यवसाय असफल भएपछि एक समय नैरश्यताको बादल छाएको थियो उनको मनमा ।

अधिकांश युवाहरु व्यवसायमा होस या विविध क्षेत्रमा असफलता रुचाउदैनन । धेरै युवाहरुको सोंच हुन्छ वैदेशिक रोजगारी तर ईश्वरलाई देशप्रतिको प्रेम, जन्मभूमी प्रतिको श्रद्धाले अर्काको देशमा पसिरना बेच्ने सोंच कहिल्यै आएन ।

कसो गरौ ? के गरौ ? भन्ने प्रश्नहरुले चैनको स्वास फेर्न दिदैन थियो उनलाई तर जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ उनले आफ्ना कमीकमजोरीलाई सुधार्दै, साथीसगँको सहकार्य त्यागेर एक्लो लगानीमा नाङलोको जन्म गरे, अर्थात नेपालीपन झल्कने, शुद्ध शाहाकारी खाजा मात्रै पाईने “नाङ्लो” सञ्चालनमा ल्याए ।

विराटनगर महानगरपालिका र तीनपैनीको विचमा पर्छ ईश्वरले सञ्चालनमा ल्याएको नाङलो फास्टफुड, उनले आफैले ठाँउको नाम पनि ‘नाङलो चोक’ राखेका छन् । सानो लगानीमा ‘मम’ को एउटा आईटमबाट सञ्चालनमा ल्याएको नाङ्लोमा अहिले दश वटा ममको आईटम बन्छ ।

उनी भन्छन्, ‘‘कहिले जानेर, कहिले अन्जानमा धेरै ठक्कर पाए जीवनमा अब त मेरा लागि ‘नाङलो’ नै एउटा स्वणीम सपना बनिसकेको छ ।’’

आलु, पनिरका विविध परिकारहरुको स्वाद पाईन्छ । उनी भन्छन्- ‘एउटा व्यवसायी सफल हुनुमा आफुसँग सहकार्य गर्ने मान्छेमा भर पर्ने रहेछ । नाङलोमा पाईने परिकारको स्वाद लिन विराटनगरका विभिन्न स्थानदेखि आउने गरेको छन् ।’डेढ वर्षे यात्रा पुरा गरिसकेको छ नाङलोले, समयसँगै विगतका घाउहरुमा मलमको काम गरेको छ ईश्वरको लागि, लकडाउन भन्दा अगाडी भारतको जोगबनीबाट पनि नाङ्लोको ममको स्वाद लिन आउने गरेको उनी सुनाउछन् ।

म यो व्यवसायमा धेरै नभए पनि केहि सफल भएको आभास गर्छु, मलाई मेरो भान्छामा खटने ‘सेफ’ भाईले दरिलो साथ दिनुभएको छ, मंगलबार उनको आफ्नै पसलमा भेटिएका ईश्वर मुस्कुराउदै अनुभव सुनाउँछन् ।

विराटनरमा नै नाङलोको एउटा ब्राण्ड निर्माण गर्ने सोंचमा छन् ईश्वर, विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ केहि साम्य भए, जोगबनीमा एउटा शाखा विस्तार गर्ने योजना रहेको छ उनको ।

उनी भन्छन्, ‘‘कहिले जानेर, कहिले अन्जानमा धेरै ठक्कर पाए जीवनमा अब त मेरा लागि ‘नाङलो’ नै एउटा स्वणीम सपना बनिसकेको छ ।’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *