‘कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो, दक्षिणपन्थी र परम्परावादीको गठबन्धन बलियो बनाऔं’
मकालु खबर
२०७७ साउन १५ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन् ।
तथाकथित कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै उनले दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने जिकिर गरेका हुन् ।
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक यूनियनको कार्यकारी बैठकमा मन्तव्य दिएका अध्यक्ष थापाले भने, “मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ । विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ ।”
मकालु खबर
२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित