उद्योग वाणिज्य महासंघमा चुनाव हार्ने डरले सरकारलाई गलत रिपोर्टिङ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको विषयमा सरकारलाई  गलत रिपोर्टिङ भएको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको थियो ।

उद्योग वाणिज्य महासंघले सरकारलाई गलत रिपोटीङ गरेको हो । करिब ६ सय मात्रै मतदाता भएको महासंघमा १५ सय मतदाता भएको र तोकेको समयमा नै चुनाव गर्दा कोरोनाको जोखिम बढ्ने भनेर महासंघले सरकारलाई पत्र पठाएको छ ।

स्रोतका अनुसार महासंघले एकतर्फि पदाधिकारी मात्रै बसेर सरकारलाई पत्र पठाएको हो । ‘महासंघमा १५ सय मतदाता छन् भनेर पत्रमा उल्लेख भएको रहेछ । मन्त्रालयमा गएर पत्र हेरेपछि गलत गरिकाले महासंघले सरकारलाई पत्र काटेको थाहा पाए ।’ स्रोत भन्दछ–‘करिब ६ सय मात्रै मतदाता भएको संस्थामा १५ सय मतदाता छ भनेर पत्र लेख्नु गलत हो ।’

स्रोतका अनुसार चुनाव हार्ने डरले चुनावलाई पछाडी धकेल्न चलखेल सुरु भएको छ । चुनावमा हारजित स्विकार्नु पर्छ । सबै सस्दयहरुसँग छलफल नै नगरी पत्र काटेको स्रोतको दावि छ ।

महासंघले पदाधिकारी बैठक राखेर साधारणसभा सार्ने निर्णय गरेको थियो । नयाँ मिति भने तोकिएको छैन । त्यहि मिति तोक्नका लागि सरकारलाई गरेको पत्राचार नै गलत भएको स्रोतको भनाई छ । सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको थियो ।

साउन २६ र २७ गते गर्ने भनिएको ५४ औं साधारणसभा सार्ने निर्णय केहि दिन अगाडी मात्रै गरिएको थियो ।
महासंघले यसअघि चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय भएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि सफल व्यवसायी चन्द्रप्रसाद ढकाल र अर्का व्यवसायी किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्स तर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

चन्द्रप्रसाद ढकालको समूहबाट एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *