मन्त्रीलाई धम्की – एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा ज्यान मार्ने धम्की आएको छ । मन्त्रीले आज संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

‘अस्ती मलाई एउटा फोन आएको थियो, त्यो फोनमा तैले एमसीसीको समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ, अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ सोध्य, किन पढ्नुप¥यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भनेको थियो,’ मन्त्री भट्टले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *