रातको समय काठमाडौं प्रवेशमा रोक
मकालु खबर
२०७७ साउन १५ गते
काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेश गर्नमा रोक लगाएको छ ।मन्त्रालयले साउन १५ बाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको हो ।
नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।
दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
मन्त्रालयले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।
मकालु खबर
२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित