पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ साउन १६ गते
काठमाडाैं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ । अस्पतालकाे आइसीयूमा उपचाररत ललितपुर थसिखेलकी ६५ वर्षीय महिलाकाे शुक्रबार बिहान ९ बजे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।
संक्रमित मृतक साउन ६ गते स्टार अस्पताल भर्ना भएकी थिइन् । काेराेना पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएकाे हाे । उनीमा निमाेनिया देखिएकाे थियाे । उपचारकै क्रममा उनकाे मृत्यु भयाे ।
अहिले मृतकको शव अस्पतालमै रहेको छ । आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।
मकालु खबर
२०७७ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित