थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५७ पुग्योः स्वास्थ्य मन्त्रालय
मकालु खबर
२०७७ साउन १८ गते
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगजञ्ज महानगरपालिका–१६ कि ६८ वर्षीय एक महिलाको साउन १७ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन १४ गते नारायणी वयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि साउन १७ गते बेलुकी नारायणी कोभिड अस्पताल रेफर गरिएको थियो । उनको बाटोमै मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहकी बिरामी उनीमा साउन १६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
मकालु खबर
२०७७ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित