चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरभन्दा बढी क्षेत्रको बालीनाली सखाप
मकालु खबर
२०७७ साउन २० गते
कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाली सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिव्र गतिमा सक्रिय भएका पाइएको छ ।
स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कने क्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।
विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ । (रासस/सिन्ह्वा)
मकालु खबर
२०७७ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित