‘खैनी राख्ने डब्बामा स्यानीटाइजर बोक्ने दिन आउन सक्छ’

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै लापरबाही नगर्न आग्रह गरेका छन् ।

देशमा लक्षणसहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन् । उनले लक्षणसहितको कोरोनाको संक्रमण बढदै गए कम्तीमा २५ दिनदेखि एक महिना बन्दाबन्दी (लकडाउन्) गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय लकडाउन खुलेसँगै कर्णालीको दैलेखमा पनि लक्षण सहितका कोरोनाका संक्रमित देखिन थालेको दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री शाहीले कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले विभिन्न विकल्पसहित योजना बनाइरहेको बताए ।

“अहिले काठमाडौंमा प्रवेश गर्न पीसीआर रिपोर्ट माग्ने गरिएको छ ।” मुख्यमन्त्री शाहीले भने, ‘आफैँ किन्न सक्नेले आफैँ किन्छन्, किन्न नसक्नेलाई सरकारले दिन्छ ।’

यस्तै उनले अहिले खैनी बोक्ने बट्टामा स्यानीटाइनजर बोक्नुपर्ने अवस्था आउन सक्नेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *