हङकङमा असी लाख काेराेनाकाे भ्याक्सिन तयार पारिँदै

हङकङ । मकाउ र चीनको एउटा अनुसन्धान टोलीले कोरोना भाइरसको खोप तयार पारेका छ्न । जसको क्लिनिकल परीक्षण केहि महिना मै शुरु हुने भएको छ। दुई शहरको वासिन्दालाई प्रशस्त हुने गरि असी लाख भ्याक्सिनकाे डोज तयार पार्ने लक्ष्य लिइएको छ।

तयार पारिएकाे कोरोना भाइरसलाई मानव कोषमा टासिन अक्षम गराउँदछ । यो भ्याक्सिन लगाएको एक हप्ता भित्र नै मुसा, खरायो र बाँदरको शरीरमा उल्लेख्य ढंगले रोग प्रतिरोधात्मक शक्ति बढेको दावि गरिएकाे छ ।

प्रोफेसर जाङ काङका अनुसार भाइरसले मानिसको फोक्सोको कोषमा टाँसिन आफ्नो एक किसिमको बाइन्डिङ डोमेनलाई प्रयोग गर्दछ। भाइरसको यो कदमलाई रोक्न सकियाे भने उसको आक्रमणबाट ज्यानलाई बचाउन सकिन्छ ।

ल्याबमा बनाइएको कृत्रिम कोरोना भाइरस ” सार्स-कोभ-2″ लाई बाँदर लगायत सबै परीक्षण गरिएको जनावरको शरीरमा हुलेर हेर्दा सबैको शरीरले कोरोना भाइरसको टाँसिने प्रक्रिया र इन्फेक्सनलाई तथस्त पारेको देखिएकाे छ ।

जाङका अनुसार रिसेप्टर बाइन्डिङ डोमेन प्रोटिनबाट बनाइएको यो खोप लगाएर कोरोना मुक्त भैसकेको मानिसमा अनावश्यक नकारात्मक असर ल्याउँदैन । साथै रोग प्रतिरोधात्मक बल लाई पनि शक्तिशाली तुल्याउँदछ।

“तर यो खोपको असर कति महिनासम्म रहन्छ र कोरोना भाइरसको भविष्यमा हुने म्युटेसनलाई यस्ले रोक्न सक्छ कि सक्दैन हामीलाई थाहा छैन।” थप्छन् जाङ।

अक्सफोर्ड युनिभर्सिटीको टोलीले बनाएको भ्याक्सिन अहिले क्लिनिकल परीक्षणको चरणमा प्रवेश गरिसकेको छ। ब्राजिल, बृटेन, तथा साउथ अफ्रिकाका पचास हजार भन्दा बढी मानिसमा यो सुइ परीक्षण भैसकेको छ। अब अमेरिकाले पनि चाँडै भाग लिने अपेक्षा गरिएको छ।

युएस बायोटेक फर्म मोडेर्नाले पनि आफुले उत्पादन गरेको कोरोना भाइरस भ्याक्सिन गत हप्तादेखि बितरण गरेको छ । यो कम्पनीले तीस हजार मानिसमा खोप परीक्षण गर्ने भएको छ।

यसैगरी तियान्जिन स्थित केन्सिनो बायोलोजिक्सले पनि चीनिया सैन्य बैज्ञानिकसँग मिलेर कोरोना भ्याक्सिन बनाइसकेको छ । जसलाइ परीक्षणको लागि क्यानडा पठाउने प्रबन्ध मिलाइदैछ । हङकङमा ४ अगस्ट सम्म ४१ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *