१४ जिल्लामा निषेधाज्ञा जारी
मकालु खबर
२०७७ साउन २१ गते
काठमाडौं । १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार १४ मध्ये केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा गरिएको छ ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ। ज्ञा गरिएको छ।
मकालु खबर
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित