भारतमा २४ घण्टामा थपिए ५६ हजार संक्रमित, ९०४ को मृत्यु
मकालु खबर
२०७७ साउन २२ गते
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २८२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
याेसँगै त्यहाँ काेराेना संक्रमितकाे संख्या १९ लाख ६४ हजार ५३७ पुगेकाे छ । संक्रमितमध्ये ५ लाख ९५ हजार ५०१ जनाकाे उपचार चलिरहेकाे छ भने १३ लाख २८ हजार ३३७ संक्रमित उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।
हालसम्म ४० हजार ६९९ जना संक्रमितकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ९०४ जनाकाे मृत्यु भएकाे छ ।
मकालु खबर
२०७७ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित