कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने

काठमाडौं । कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने भएको छ ।

नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको हो ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको हो ।

हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन् । कांग्रेसले यसअघि कुल क्रियाशील सदस्य संख्याको ५० प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो ।

आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गरे कांग्रेसका क्रियाशील सदस्यको संख्या झन्डै १० लाख पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *