प्रहरीद्वारा ६०० भन्दा बढी राख्न सकिने क्वारेन्टाइन निर्माण
काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमित प्रहरीको सङ्ख्या बढ्दै जाँदा नेपाल प्रहरीले ठूलो सङ्ख्यामा प्रहरीलाई राख्न सक्ने क्षमताको क्वारेन्टाइनको निर्माण गरेको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जनजिक रहेको महानगरीय प्रहरी गणलाई क्वारेन्टाइनको रूपमा विकास गरेको हो । जहाँ ६०० भन्दा बढी प्रहरीलाई राख्न सकिने क्षमता छ ।
प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले कोभिड आशंकित प्रहरीलाई राख्न गणलाई क्वारेन्टाइनको रूपमा विकास गरिएको जानकारी दिए ।
“संक्रमित प्रहरीको सङ्ख्या बढ्दो छ । यस्तो अवस्थामा आशंका गरिएका प्रहरीलाई राख्न क्वारेन्टाइन बनाइएको हो ।” उनले मकालु खबरलाई भने, ‘हामी महानगरीय प्रहरी गणमा ६०० बढीलाई राख्न सक्छौं र जुन क्वारेन्टाइन मापदण्डअनुसारकै हो ।’
यस्तै प्रवक्ता कडायतले आवश्यक्ताअनुसार अझै थप्दै जाने बताए ।