विराटनगरको ९ नं. वडा ७२ घण्टाका लागि सिल (फोटोफिचर)

विराटनगर । विराटनगर– ९ चुलाचुली मार्गमा आइतबार एकै घरमा ११ जनासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । आज एकै घरमा ११ जना र सोही स्थानका थप एक जनामा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको हो ।

विराटनगर ९ को महावीर, गुद्री र सनिमन्दिर रोड सिल गरी सोमबार बिहानदेखि आवतजावमा पूर्ण रुपमा रोक लगाएको वडाध्यक्ष विश्वनाथ भगतले जानकारी दिए ।

विराटनगर महानगरपालिकामा मात्रै आइतबार साझसम्म २ सय ८३ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये विराटनगर–९ का २८ जना छन् ।

वडाध्यक्ष भगतकाअनुसार सबैभन्दा बढी संक्रमित भेटिएको वडामा पीसीआर परीक्षणको दायरा फराकिलो पार्न र संक्रमितको पहिचानलाई प्राथमिकतामा राख्न सुरक्षा समितिको बैठकको निर्णयपछि सिल गरिएको हो ।

आइतबार १० बजे रातिदेखि ७२ घण्टा (तीन) दिनका लागि जलजला मोडबाट सनिमन्दिर जानेबाटो, ट्राफिक चोकदेखि गद्री बजार आउने बाटो, भटिट मोडबाट प्रवेश गर्ने बाटो साथै गुद्री बजारदेखि पूर्वमा हनुमान मन्दिर (ब्लिप्लट) महावीर चौकसहित गुद्री बजारसँग जोडिएका क्षेत्र सिल गरिएको वडा प्रहरी कार्यालय (क) का प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

अत्यवाश्यक कामबाहेक अन्य समय आवतजावतमा प्रतिबन्ध लगाइएको डिएसपी गौतमको भनाइ छ । डिएसपी गौतमको नेतृत्वमा बिहानदेखि कडाईका साथ उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

भाइरस संक्रमणबाट सतर्कता अपनाउनका लागि विराटनगरमा साउन १६ गतेदेखि दुई साताका लागि ‘लकडाउन’ गरिएको छ ।

थप तस्वीरहरु हेरौंः

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *