स्वास्थ्यमन्त्रीको आक्रोशः ‘बाँचियो भने सत्ता प्राप्तिकाे खेल फेरि पनि खेल्न सकिन्छ’
मकालु खबर
२०७७ साउन २७ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पार्टीका अध्यक्षद्वय बिचको किचलोबारे असन्तुष्टि पोखेका छन् । परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री ढकालले कोरोना महामारीमा सत्ता लडाईँमा नलाग्न पनि सुझाव दिएका छन् ।
कार्यक्रममा उनले भने, ‘स्थितरताको नाममा अस्थिरता निम्त्याउन खोज्नेहरुलाई जनताले मुल्यांकन गर्नेछन् । बाँचियो भने सत्ता लडाइँ प्राप्त गर्ने खेल फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध होइन, पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् ।’
पाँच वर्षपछि भने सत्ताको खेलमा लाग्दा केही नबिग्रने उनको भनाइ छ । बेला अनुसार व्यवहार गरिएन भने सकिनु बाहेक विकल्प नरहेको पनि उनले बताए ।
मकालु खबर
२०७७ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित