बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विषेश (अस्थायी) अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका ४२ वर्षीय पुरुष र कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

मृतकमध्ये कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता कोरोना संक्रमित हुन भने कृष्णनगर नगरपालिकाका २५ वर्षीय प्रदीप तेली कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट आउँन बाँकी छ । गुप्ता साउन २५ गते र तेली साउन मंगलबारमात्रै अस्पतालमा भर्ना भएका थिए ।

कोरोना विषेश अस्पतालमा दुई जनाको मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पनि पुष्टि गरे । उनका अनुसार एक जना संक्रमित रहेको बुझिएको र अर्काको रिपोर्ट आउँन बाँकी छ । उनको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *