रुसले बनाएको कोरोनाको भ्याक्सिन भारतलगायत २० देशले किन्दै
मकालु खबर
२०७७ साउन २८ गते
काठमाडौं । रुसले बनाएको कोरोना भ्याक्सिन किन्न भारतलगायत अन्य २० मुलुकले किन्न चासो देखाएका छन् । रुसी भ्याक्सिन स्पुतनिक भी बारे बनाइएको वेबसाइटमा यूएई, साउदी अरब, इन्डानेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको तथा भारतलगायतका देशले किन्न चाहेको उल्लेख गरिएको छ ।
रुसले कोरोनाको भ्याक्सिन २० करोड डोज बनाउने भएको छ । जसमध्ये तीन करोड रुसी जनताका प्रयोग हुनेछ । भ्याक्सिनप्रतिको विश्वासका लागि पुटिनकी छोरीले परीक्षणमा भाग लिएकी छन् ।
पुटिनले भ्याक्सिन उत्पादनसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । उनले यसलाई दुनियाँका निम्ति महत्वपूर्ण कदम बताएका छन् । (एजेन्सी)
मकालु खबर
२०७७ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित